दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्तद्वारा फोहोर व्यवस्थापनको लागि डष्टबिन वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार २१:३१

काठमाडौ ।साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत शहीद लखन गाउँपालिका वडा नं. ३ स्थित त्रिवेणी माई मन्दिर व्यवस्थापन समितिलाई २० थान ठूलो डस्टबिन वितरण गरेको छ । डस्टबिन हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सूर्य गुरुङले गर्नु भएको थियो।

शहीद लखन गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष दिपक पाण्डे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साधना लघुवित्तको सहायक महाप्रबन्धक सरिता ढकाल र वित्त तथा योजना विभाग प्रमुख रूपेश कुमार झा र मन्दिर व्यवस्थापन समितिको पदाधिकारी लगायत देउराली महिला समुहको पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका सहायक महाप्रबन्धक सरिता ढकालले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उपलब्ध डस्टबिनको उचित सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्रतिकात्मक रुपमा सँधै सँगै समुदाय सँग हातेमालो गर्दै उत्कृष्ट वित्तीय सेवा प्रदान गरी आर्थिकरूपमा सम्पन्न समाजको निर्माणमा संस्थाले जहिले पनि अहम् भूमिका निर्वाह गर्ने बताउनु भयो ।

मन्दिरको प्राङ्गण सफा राख्नको लागि डस्टबिन उपलब्ध गराएको भएपनि प्रत्यक्ष परोक्ष रुपमा सबैलाई वित्तीय संस्था सग जोडिई सहकार्य र साझेदारीका लागि गर्ने लागि सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष दीपक पाण्डे संस्थाद्वारा गरिएको सहयोगको उच्च मूल्यांकन गरिने र संस्थालाई कार्यक्रम सञ्चलन गर्न वडा कार्यलयले पनि अहम् भूमिका खेल्ने बताउनु भयो ।

डस्टबिन ग्रहण गर्दै मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सूर्य गुरुङले डस्टबिन उपलब्ध गराएकोमा धन्यवाद दिँदै यसको सही सदुपयोग गर्ने बताउँनुभयो र संस्थाको कार्यक्रम बिस्तारमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

लघुवित्तले जिल्लाभर विभिन्न मन्दिर, सार्वजनिक स्थल, हाटबजार लगायतका स्थानमा डस्टबिन वितरण गरिदै आइरहेको जानकारी गराएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्त संस्थाको बि.सं. २०७४ सालमा गोरखा नगरपालिका वडा नं. ६ मा स्थापना भई लघुवित्तले ५ प्रदेशका ३१ जिल्लाका ९३ शाखा मार्फत १ लाख ४ हजार सदस्यहरूमा लघुवित्त सेवा पुराइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु