तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २ गते, मंगलवार १९:१९

काठमाडौं । विश्वको अति बैभबशाली मुलुक अमेरिकाको न्यूयोर्क शहरमा काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना भएको छ। ख्यातिप्राप्त गायक तथा सामाजिक अभियन्ता राजेश हमालको नेतृत्वमा काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना भएको हो। जसमा उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिम्खडा र अमित पाण्डे छन्। कोषाध्यक्ष भुवन खत्री, सचिव एट्ना कार्की, सह–सचिव निरन प्रजापति छन्।

काठमाडौंवाट अमेरिका पुगेका नेपालीहरुको आपसी सदभाव, भाइचारा तथा सहयोगात्मक विकास अभिबृद्धि गर्न र गराउन काठमाडौं समाज यु.एस.ए. इन्कको स्थापना गरिएको जनाएको छ। यस समाजमा दिग्गज नेपालको किङ अफ पप गायक ओमविक्रम विष्ट देखि तामाङ समाजका यु.एस.ए.का प्रेसिडेन्ट मोहन वाइबा, इभेन्ट अर्गनाइजर तथा सीपीए एवम् सामाजिक अभियन्ता पशुपति श्रेष्ठ, न्यू अमेरिकन भोटर्स एशोसियनका भाइस प्रेसिडेन्ट तथा रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका पूर्व प्रेसिडेन्ट तथा हामी नेपाली ग्लोबलका सिनियर भाइस प्रेसिडेन्ट नवराज केसी विशिष्ट सल्लाहकार छन्।

विशिष्ट सल्लाहकारहरुको सल्लाह तथा मार्गनिर्देशन बमोजिम काठमाडौं समाज यु.एस.ए. इन्कले सांगठनिक विस्तार गरेर अभूतपूर्व कार्यक्रमहरु गर्दैजाने भएको छ। काठमाडौं समाज यु.एस.ए. इन्क अमेरिकामा नै पहिलो पल्ट स्थापना भएको काठमाडौंको समाज हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु