
६ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
सञ्चारकर्मी पुष्पा अधिकारी र लक्ष्मीप्रसाद ढकाल नेतृत्वको समृद्ध एड मिडिया नेटवर्क प्रा.ली. SAMRIDDHA AD.MEDIA NETWORK ( खबर एजुकेसन डटकम ) ले विगत १८ वर्ष देखि फोटो पत्रकारिता गर्दै आउनु भएकी गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत कुशल फोटो पत्रकार कविता थापा सहित ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पत्र द्वारा सम्मान गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि एवं ९५ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसलाले गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत फोटो पत्रकार कविता थापा, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, काठमाडौँको निलबराही मा.वि.का प्रधानाध्यापक डा. जानुका नेपाल, एड्कमार्क एकेडेमीका प्राचार्य शिव अधिकारीलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो ।
त्यसै गरी संस्थागत विकासमा सक्रिय रूपमा शिक्षाका सवालहरूलाई अगाडि बढाएको र शिक्षा क्षेत्रमा योगदान दिइएको भन्दै शिक्षा पत्रकार समाजलाई पनि सम्मान पत्र द्वार सम्मान गरियो । उक्त संस्थागत सम्मान यसै संस्थाका अध्यक्ष प्रकाश सिलवालले ग्रहण गर्नु भएको थियो ।
समृद् एड मिडिया नेटवर्क प्रा.ली. SAMRIDDHA AD.MEDIA NETWORK ( खबर एजुकेसन डटकम ) को १३ औ वार्षिकोत्सवको अवसरमा शिक्षा तथा पत्रकारिता मार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्या उनु भएका व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गर्दै ” एजुकेसन न्युज ” विशेषाङ्क विमोचन पनि गरियो । उक्त कार्यक्रममा खबर एजुकेसन डटकम स्कुल एजुकेसन मासिक पत्रिका पनि सञ्चालन गर्दै आएको समृद्ध एड मिडिया नेटवर्क प्रा.ली. SAMRIDDHA AD.MEDIA NETWORK ले आगामी दिनमा शैक्षिक संवाद केन्द्र सञ्चालन गर्नुका साथै ” स्टडी एन नेपाल ” अभियान पनि सञ्चालन गर्ने योजना रहेको जानकारी गराइएको थियो ।


