दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० काठमाडौंमा, विभिन्न २४ विधामा अवार्ड प्रदान गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ८ गते, सोमबार २१:२७

काठमाडौं, ८ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।
कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण गरिने बताइएको छ । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिने बताइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगरले अवर्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ वटा विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहित लाईफ टाइम एचिभमेन्ट सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने बताएको छ ।
त्यसैगरी, संस्थागत श्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्षसम्मकोे योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारी दशक श्रष्टा सम्मान प्रदान गरिने अध्यक्ष थापा मगरले बताए ।
लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मान प्रदान गरिने अध्यक्ष थापा मागरले बताए ।
त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष एवं उपत्यका समन्वय समितिका प्रमुख संरक्षक दुर्गा रायमाझी, पूर्व अध्यक्ष वरिष्ठ गायक चन्द्र शर्मा, कोषाध्यक्ष अमृत अधिकारी, सदस्य एवं उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साल सहसचिव राजकुमार रायमाझी, वरिष्ठ अभिनेता सुदर्शन आयार्य, उपत्यका समन्वय समितिका संरक्षक सुवास खड्का, लोक सञ्चारकर्मी नेपालमा उपाध्यक्ष चन्द्रमणि गौतम लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु