तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् , त्यसलाई नियमन गर्नुपर्छ’: चेम्बर उपाध्यक्ष श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १५ गते, सोमबार १२:४९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंक मच्चिने गरेको बताउनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा जहिलेपनि चाडबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले अनुगमन गर्छ । अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् । त्यसलाई नियमन गर्नुपर्छ’।

श्रेष्ठले कालो बजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने बताउनु भयो । उहाँले बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने तर सबै व्यापारीले बदमासी गर्छन भन्ने नहुने र चोर भन्न नमिल्ने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले नीति बनाउने बेलामा निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा निजी स्वार्थ बोकेका व्यवसायीहरुलाई सहभागी गराउने गरिएकाले महंगी लगायतका समस्या बढदै गएको समेत औंल्याउनुभयो । उहाँले राष्ट्रिय उपभोक्ता मंच जस्ता अधिकारमुखी संस्थाले यस्ता क्रियाकलापका विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुका साथअनुगमनको नाममा व्यवसायीलाई आतंकित गराउने कार्य बन्द नगर्ने हो भने व्यवसायीहरुको मनोबल उकासिन नसक्ने र आर्थिक गतिविधि ठप्प हुनसक्ने खतरा बढ्ने उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु