तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आङदामीको निधन शंकास्पद रहेको भन्दै संपर्क समितिले जनायो गम्भिर ध्यानकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २२ गते, सोमबार २०:५७

काठमाडौं । सोलुखुम्बु स्थित दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला मुडे जन्मघरभई काठमाडौं पैयाटारमा बसोबास गर्दै आएका आङदामी शेर्पाको निधन शंकास्पद रहेको औंल्याउदै नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समितिले गम्भिर ध्यानकर्षण गम्भिर ध्यानकर्षण भएको जनाएको छ । शनिवार प्रेस विज्ञप्ती जारी गर्दै समितिले समितिका सहसचिव शेर्पाको असमायिक निधनले मर्माहत भएको उल्लेख गर्दै मृत्‍यु शंकास्पद रहेको व्यहोरासहित छानबिनको लागि माग अघि सारेको छ । ‘मृतकको मृत्‍युको घटना शंकास्पद रहेको हुँदा हाम्रो यस समिति परिवार घोर आपत्ति जनाउदै सम्बन्धित निकायलाई उचित तथा निष्पक्ष छानबिन गरि सत्यतथ्य पत्ता लगाउनको लागि गम्भिर ध्यानकर्षण गर्दछौं’ समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

समितिले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धान्जली अर्पणसहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्दै गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु