दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जयस्नु र योङगीलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ४ गते, शनिबार २:५८

काठमाडौं, कात्तिक ३ गते ।कीर्तिपुर नगरपालिका ६ का जयस्नु महर्जन र कीर्तिपुरकीयोङगी पौडेलले तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा योङगी पहिलो भएका हुन् ।
स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा जयस्नुले ललितपुर महानगरपालिका ७ का एलेन महर्जनलाई १२–१०, ९–११, ९–११, ११–९ र ११–९ को सेटमा पराजित गरे । काठमाडौं महानगरपालिका २६ का आर्यन शाही र मन्थली ४ का प्रजिल भट्टराई तेश्रो भए ।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भएको गल्र्सको उपाधि भिडन्तमा योङगीले ओखल्ढुंगाकी सुस्मिता खड्कालाई १०–१२, ११–७, ११–१३, ११–९ र ११–८ को सेटमा हराइन् । धरान १० काद्वय सोनम थोकर तथासुलेखा ठाकुर तेश्रो बने ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिारा पराजुलीले स्वर्ण हात पारिन् । इन्दिराले फाइनलमा आफ्नै वडाकी सम्झना पोखरेलमाथि ११–३, ११–८ र ११–६ को सहज जित दर्ता गरिन् । ललितपुर ११ की सर्मिला शाक्य र भक्तपुरकी इमी प्रजापति तेश्रो स्थानमा रहे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु