दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ६ गते, सोमबार ६:२१

काठमाडौ ।नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक भएको छ । नायक शाक्यले सैयौंको संख्यामा नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

‘मन मनै त हो’ बोलको म्यूजिक भिडियोबाट डेब्यु गरेकी अमिकाले पनि बेलायतमा बसेर नेपाली गीत संगीतलाई माया गर्दै विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

बेलायतको डोबर तथा केन्टको आसपासमा छयांकन गरिएको रोमाञ्चक म्यूजिक भिडियोमा बेलायत निवासी प्रभु गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

उनको निर्देशनमा दर्जनौं नेपाली म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्। गीतमा नन्दु गुरुङले आवाज दिएका छन् भने देव गुरुङले संगीत तथा रामप्रसाद गुरुङको रहेको शब्द सृजना रहेको छ ।

यसैगरी गीतको म्यूजिक भिडियोमा सुमन श्रेष्ठको छयांकन तथा सम्पादन रहेको छ भने मेकअपमा पुष्पा गुरुङ रहेकी छन् । म्यूजिक भिडियोलाई पीपीएन प्रोडक्सनको युट्युब च्यानाम्मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु