तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अमेरिकामा नेपाली पप किङ ओम विक्रम विष्टको दशैंमा विशेष कन्सर्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ७ गते, मंगलवार ८:४४

काठमाडौं। नेपालका ख्यातिप्राप्त गायक पप किङ अफ नेपाल ओम विक्रम विष्टको अमेरिकामा विशेष कन्सर्ट भएको छ। अमेरिकामा नेपाली पप किङ ओम विक्रम विष्टको दशैं विशेष म्युजिक कन्सर्ट अक्टोबर २० मा भएको हो।

अमेरिकाको हरिसबर्गमा आयोजित दशैं विशेष कन्सर्टमा गायक विष्टले आफ्ना नयाँ तथा पुराना सुपरहिट पप गीत गाएर शुक्रवार संगीतमय बनाइदिएका थिए। अमेरिकामा नै लामो समय विरामी भएर हाल मृगौलाको सफल प्रत्यारोपण पश्चात सामान्य जीवनमा फर्केका गायक विष्टको अमेरिकामा यो बर्ष यो दशैं विशेष कन्सर्ट सहित चौथो म्युजिकल कार्यक्रम भएको अमेरिकामा नै रहेका मेसेन्जर ब्याण्डका ख्यातिप्राप्त गायक राजेश हमालले बताएका छन्।

अमेरिकामा नै रहेका विनोद कुमार शर्माका अनुसार, अनुसार, पप किङ विष्टको दशैं विशेष कार्यक्रममा स्वदेशी तथा विदेशी गरेर ३ सयभन्दा बढी स्रोता तथा दर्शकहरुको सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना फ्यायर लञ्च एण्ड बारले गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु