दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाप्किडोको सेमिनार सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १३ गते, सोमबार १०:५६

लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबारदेखि राप्ती गाउँपालिका मसुरीया दाङमा लुम्बिनी प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० सुरू भएको छ । लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री माननीय धनबहादुर मास्की मगरको प्रमुख आतिथ्यता एवम् नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा सेमिनार सुरु भएको हो । सेमिनारलाई मन्त्री मास्की मगरले छोटो समयमै हाप्किडो खेल र खेलाडीहरुले गरेको उपलब्धिको प्रशंसा गर्दै खेलाडी भनेको राष्ट्रको सान र पहिचान हो भन्दै आगामी दिनहरुमा खेलाडीहरुलाई प्रोत्साहन गर्न र पुर्वाधार विकासको लागि प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । सेमिनारमा नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रबिन गुरुङले प्रशिक्षण दिने दिनेछन । सेमिनार ५ दिनसम्म सन्चालन हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु