
काभ्रे । नेपाल विद्यार्थी संघले आइतबार मुलुकको विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । नेविसंघले प्रधानमन्त्रीको तस्बिरमा कुकुरको टाउको जोडेर फेसबुकमा पोष्ट गर्दा पक्राउ परेका कार्यकर्ता रिहाई माग गर्दै पुत्ला दहन गरेको हो ।
नेविसंघले त्यही क्रममा काभ्रे पनि प्रधानमन्त्रीको पुत्ला जनाएको छ । मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकाल प्रधानमन्त्रीको तस्बिर विगारेर सेयर गरेको अभियोगमा पक्राउ परेका हुन् । नेविसंघले ढकाललाई बिना सर्त रिहाई माग गरेको छ । त्यसको दबाबको लागि जिल्लाका सबै विद्यालय आइतबार र सोमबार बन्द आव्हान गरेको छ ।
नेविसंघले अन्य जिल्लामा पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
श्राेतः janasawal.com


