
काठमाडौं ।सारा नेपालीले आफ्नो अधिकारको लागि काधमा काध मिलाउनुपर्छ
किन बस्छौ चुप लागेर जित पक्का हाम्रो हुन्छ
नेपाल माताको विश्वासलाई पुरा गर्नुपर्छ
गरिबी अन्त्य गरी देशलाई समृद्ध बनाउनुपर्छ
भूमिहिनहरूको बारेमा सरकारले योजना ल्याउनुपर्छ
यो देश सबै नेपालीको हो मनमा लिनुपर्छ
अत्याचार , मनमानी विरुद्ध आवाज उठाउनुपर्छ
देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ
नेपाल मातालाई सबैले सम्झनु पर्छ
विश्वको नजरमा नेपालको इज्जतलाई शिखरमा पूर्याउनुपर्छ
विर पुर्खाहरूको ईतिहासको कथा सबैलाई थाहा हुनुपर्छ
नेपाल माताको विश्वासलाई पुरा गर्नुपर्छ
सारा नेपालीले आफ्नो अधिकारको लागि काधमा काध मिलाउनुपर्छ
किन बस्छौ चुप लागेर जित पक्का हाम्रो हुन्छ
गोबिन्द राज ओझा (राजन)
-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


