
वीर बहदुर राना । लायन्स क्वल अफ काठमाडौं दक्षिणकाली डिष्ट्रिक्ट बाट आएकाे टाेलीले जुम्लाको सिँजा गाउँपालिकाका चार सय जना विद्यार्थीलाई झाेला,स्यानिटरी प्याड र शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
साे क्लवका अध्यक्ष लायन प्रमाेद कुमार पौडेल ,द्वितिय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ जाेन सेयरपर्सन लायन सुन्दर कुमार आचार्य ,जनसम्पर्क उपप्रमुख प्रा डा .लायन रामकृष्ण महर्जन , सदस्य लायन मुरारी बास्ताेला र सदस्य लायन रामचन्द्र पाण्डेकाे टिम सिँजा गाउँपालिकामा आएर विद्यार्थीलाई झाेला, स्यानीटरी प्याड विद्यार्थीका हातहातमा दिएकाे छ ।
स्कुल व्याक ४०० थान ,कापी १७ ग्रस ,बलपेन १२ सय पिस र स्यानीटरी प्याड ९१३ प्याकेट गाउँपालिकाकाे राेवरमा र मेडिया पाटनर बेल सचारकाे सहभागीतामा विद्यार्थीलाई वितरण गरेकाे लायन्स क्लव इन्स्योरेन्स काठमाडौंका अध्यक्ष प्रमाेद कुमार पौडेलले जानकारी दिनु भयाे ।
भविष्यमा पनि क्लब र सिँजा गाउँपालिका बिचकाे सम्बन्धमा क्लबकाे तर्फबाट थप कार्यक्रमहरु पनि सञ्चालन गर्ने क्लबका अध्यक्ष पौडेलले बताए ।
सिँजा गाउँपालिकाका २२ वटा प्रत्येक विद्यालयबाट १० प्रतिशतकाे आधारमा छनाेट गरिएका जम्मा ४०० सय विद्यार्थीलाई काठमाडौंबाट झाेला ,स्यानीटरी प्याट र शैक्षिक सामाग्री ल्याएर सिँजाका विद्यार्थीलाई सहयाेग गर्नु हुने लायन्स क्लव काठमाडौंकाे पुरै टिमलाई स्वागत गर्दै धन्यवाद दिनु भयाे पालिका अध्यक्ष अध्यक्ष पुर्ण प्रसाद धितालले ।
पालिकाकाे कार्यालय देखि सबैभन्दा टाढा रहेकाे महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई दिने र अरु प्रत्येक विद्यालयलाई १० प्रतिशतकाे आधारमा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गरे अनुसार सामाग्री वितरण गरेकाे अध्यक्ष धितालले बताए ।
हामीले झाेला ,स्यानीटरी प्याड र शैक्षिक सामाग्री पाउँदा निकै खुसी भएका छौं । र लायन्स क्लव काठमाडौंलाई पनि विद्यार्थीले धन्यवाद दिएका छन् ।
सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी , शिक्षक ,प्रहरी पत्रकार र भिविन्न संघ संस्थाका प्रमुखहरुकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।


