दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २८ गते, बुधबार १२:५२
 सुर्खेत, कात्तिक २८ ।  कर्णाली प्रदेश सरकारले हिजोबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । 
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको आज हवाई सर्वेक्षण गरेको हो । उक्त प्राविधिक टोलीले सीमकोट, चंखेली हुम्ला, सिंजा जुम्ला, गमगढी मुगु, कालीकोट महावु हुँदै दैलेखको रानीमत्ता लेकबाट सुर्खेत जोड्ने द्रुत मार्गको सम्भावित दूरी सर्वेक्षण गरेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

“कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट अधिकार प्राप्त गरी चाइनिज सरकारसँगको समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै देशकै रणनीतिक महत्वको यो दु्रत मार्गको प्रारम्भिक सर्वेक्षण गरेका छौँ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “जुन मार्ग नेपालको आर्थिक व्यवस्थापनको ठूलो सहयोगी बन्नेछ ।” सङ्घीय तथा प्रदेश सरकारको आफ्नो पूँजीले निर्माण हुन नसक्ने यो मार्ग छोटो तथा बजेट मोटो बजेट आवश्यक हुने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ता चाइना रेल्वे कम्पनी सिचुवान लगानी गर्न तयार भएको उहाँले जनाउनुभयो ।

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ वैशाख १ गते राजधानी सुर्खेतबाहिर मुगुको रारातालमा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको कार्यान्वयनस्वरुप (हिल्सा–जमुना) प्रधानमन्त्री द्रुत मार्गको सर्वेक्षण शुरु गरिएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीका अनुसार हवाई मार्गबाट भएको आजको सर्वेक्षणसहित चिनियाँ प्राविधिक टोलीले बुधबारदेखि तत्कालीन रेशमी मार्ग, कर्णाली करिडर कालीकोटको खुलालु–हिल्सासम्मको २८१ किलोमिटर सडकको समेत स्थलगत सर्वेक्षण गर्नेछ ।

उहाँले अगाडि भन्नुभयो, “उक्त रेल्वे कम्पनीको प्राविधिक टोलीले कर्णाली करिडर र हवाई सर्वेक्षणबाट गरेको दुवै मार्गको प्रतिवेदन छ महीनाभित्र प्रदेश सरकारलाई बुझाउने छ, यदि सो अवधिभित्र प्रतिवेदन ढिलाइ भए पुनः विचार गर्छौं ।” त्यसपछि सो मार्गको निर्माण कार्य अघि बढाउन सहज र सुरक्षित वातावरण तयारीका लागि प्रदेश सरकारले विशेष समीक्षा गरेर अघि बढ्ने उहाँले दाबी गर्नुभयो ।

छिमेकी राष्ट्र चीनले पनि हिल्सालाई बढी महत्व दिएको बताउँदै उहाँले यसलाई देशकै गौरवको आयोजनाका रुपमा लिइएको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारले कल्पना गरेको सुरुङ मार्ग अर्को हिसाबले पर्यटकीय र व्यापारिक मार्गका रुपमा पनि विकास हुँदै जाने निश्चित छ । त्यसका साथै यसले त्रिदेशीय सम्बन्ध कायम हुने र कर्णाली प्रदेश प्रदेशको समृद्धि र विकासमा उल्लेख प्रगति हुने अपेक्षा गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुख्यमन्त्री, चाइनिज प्राविधिक टोलीसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री तथा प्रदेशसभा सदस्यद्वय जीवनबहादुर शाही र धर्मराज रेग्मीसमेत हिल्सा पुग्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु