तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जलवायु परिवर्तको गम्भीर असर नेपालीले सामना गर्नुपरेको छ – प्रधानमन्त्री प्रचण्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार ६:१२

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल जलवायुका मुद्दामा अन्यायमा परेको दाबी गरेका छन् । उनले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले कुनै गल्ती नगरेपनि विकसित देशहरुले गरेको गल्तीको असर भोग्नु परेको बताएका हुन् ।

दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८०) मा आज (शनिबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको योगदान शुन्य हुँदा पनि विनासकारी असर भोग्नु परेको बताएका हुन् ।

नेपालले जलवायु परिवर्तनको गम्भीर असरहरु बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्या भोग्नु परेको बताउँदै उनले योअत्यन्तै अन्यायपूर्ण भएको र यसको अन्त्य हुनुपर्ने बताए । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रममा हिमालय क्षेत्रसमेत जोखिममा परेको उनको भनाइ छ ।

उनले नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु