दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धाख्वालाई रात्रिकालिन टेबल टेनिसको पहिलो स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार ७:२४

काठमाडौं, मंसिर २० गते। ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन्।
मंगलवार सम्पन्न फाइनलमा वडा नम्वर १० धाख्वाले बडा नम्वर १९ का जगदिश्वर प्रसाद जोशीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। धाख्वाले जोशीलाई ११-४, ११-४, ११-७ ले हरायो।
यसअघि सेमिफाइनलमा जोशीले वडा नम्वर १६ का धर्मेन्द्र शाक्यलाई तथा धाख्वाले वडा नम्वर ५ का पूर्ण शंकर श्रेष्ठलाई पराजित गरेका थिए।
त्यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा बडा नम्वर १६ का प्रकाश धाख्वा, बडा नम्वर २० का संघ बज्राचार्य, बडा नम्वर १९का निशान प्रधान, बडा नम्वर ९ का किरण ब्यञ्जनकार, बडा नम्वर ११ का नदिम रत्न शाक्य र बडा नम्वर २० का सुरेश बज्राचार्य क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
गत मंसिर १२ गतेबाट शुरु भएको रात्रिकालिन टेबल टेनिस प्रतिस्पर्धामा विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।
प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक हप्ता स्थगित गरिएको थियो।
ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भइरहेको छ।
कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु