तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार ८:४२

काठमाडौ ।अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् । चलचित्रमा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको चलचित्रका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् ।

सत्यम रानाको भीएफक्स रहेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । चलचित्रको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु