साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सञ्चारकर्मी कमला अधिकारी अभिनित “यता पहिरो चल्या छ “ लोक गीत बजारमा अाउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २९ गते, बिहीबार १२:५७

नेपाली संस्कृतिको संरक्षणमा निकै महत्त्वपूर्ण भुमिका रहने सांगीतिक क्षेत्रमा धेरै भन्दा धेरै सर्जक , कलाकारहरुको बहुमुल्य योगदान रहेको छ । यस क्षेत्रको उचित बिकास हुन नसक्दा नेपाली सांगीतिक बजार सानो भएता पनि पछिल्लो समय डिजिटल प्रबिधिले गर्दा नेपाली संस्कृति र गीत संगीतमा रुचि देखाउने कलाकार देखि दर्शकसम्मको वृद्धि भएको छ । अन्तर्राष्ट्रिय संस्कृतिको नक्कल गर्दा समय-समयमा विवाद तथा बिकृती भित्रिएपनि मौलिकतालाई जगेर्ना गर्नेको जमात पनि उत्तिकै छ डिजिटल प्रबिधिकै कारण सांगीतिक तथा कलाकारिता क्षेत्र धेरैजसो युवायुवतीको लक्ष्य नै बनेको पाइन्छ स्वदेश तथा बिदेश जहाँ रहेर पनि आफ्नो कलालाई न्याय दिन पाउने भएकोले दिनप्रतिदिन नव कलाकारहरुको आगमन तिव्र गतिमा बढिरहेको छ ।

यस्तै माहोल चलिरहँदा नुवाकोटकि लोकप्रिय सञ्चारकर्मी बहु प्रतिभाकी धनी कमला अधिकारीले एल्बम बर्खे भेल झै बाट “यता पहिरो चल्या छ “ बोलको लोक गीतमा अभिनय गर्दै सांगीतिक यात्रा सुरुवात गरेकी छन । सञ्चारकर्मी भएको हुँदा काम बिशेषले सम्पर्कमा आएका अथवा एफ.एम मा गुञ्जिने उनको आवाजको माध्यमबाट परिचीत थुप्रै कलाकारहरु द्वारा धेरै पटक अभिनयको लागि प्रस्ताव आएपनि त्यति चासो नराख्ने उनले यसपटकको अवसरलाई स्थान दिएको बताउछिन ।

भोलिका दिनहरुमा अवसरलाई नै निरन्तरता दिएर केही म्युजिक भिडियो आउनसक्ने स्वभाविक नै हो तर यसै क्षेत्रमा संघर्ष गरेर निरन्तरता दिने वा नदिने भन्ने कुरा अहिले नै निर्णय नगरेको उनको भनाई छ । भर्खरै छायांकन सकिएर सम्पादनको तयारीमा रहेको उक्त गीतको भिडियोमा उस्तै प्रतिभा प्रस्तुत गर्दै सांगीतिक यात्रा सुरु गरेकी सुनिता श्रेष्ठको पनि अभिनय देख्न पाइन्छ सुनिता श्रेष्ठ र सुजिता आचार्यको प्रस्तुतिमा बजारमा ल्याउन लागिएको गीतलाई काव्य म्युजिक सेन्टरले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ भने कमला अधिकारी र सुनिता श्रेष्ठसँगै केही समय अगाडि देखि सांगीतिक क्षेत्रमा संघर्षरत सञ्चारकर्मी साथै मोडल शिवराम भण्डारीको अभिनय रहेको छ । अत्यन्तै सुमधुर स्वरकी धनी गायिका काव्य आचार्यको स्वर रहेको गीत रमेश श्रेष्ठको मर्मस्पर्शी लय तथा मार्मिक शब्दमा सृजना गरिएको गीतको भिडियो पनि रमेश श्रेष्ठकै निर्देशनमा भिडियो तयार पारिएको छ । सागर गौतमको छायांकन रहेको म्युजिक भिडियो शिघ्र सम्पादन पछि केही दिनमै बजारमा सार्वजनिक गर्ने तयारी रहेको सम्बन्धित ब्यक्तिहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु