तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कराते खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार ६:२८

काठमाडौं÷बानेश्वरस्थित देउराली डोजोले विभिन्न विधामा उपलब्धि हासिल गरेका कराते खेलाडी तथा प्रशिक्षकलाई शनिबार सम्मान गरेको छ । सातौं साउथ एशियन कराते च्याम्पियनसिपका स्वर्ण पदक जितेका डोजोका खेलाडी रिकेश भण्डारी र आशिका राईलाई नगद तथा कराते गिलगायत खेलकुद सामाग्रीसहित सम्मान गरिएको छ । त्यसैगरी, कोच एक्रिड्रियशन परीक्षामा उत्तिर्ण हुन सफल प्रशिक्षक अमिर राना, एकेएफ (एशियाली कराँते फेडेरेशन) निर्णायकमा उत्र्तिण हुन सफल तारा श्रेष्ठ गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पनि सम्मान गरियो । कुशल श्रेष्ठको प्रशिक्षणमा नेपालले २९ स्वर्ण, २६ रजत र ६ कास्य जित्दै दक्षिण एशियाली कराते च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेको थियो । उनकै प्रशिक्षणमा नेपालले चीनको हाङझोउमा सम्पन्न १९ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत तथा इन्डोनेशियामा सम्पन्न १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा एक स्वर्ण, ३ रजत र ५ कास्य जितेको थियो ।
त्यसैगरी, जापानमा सम्पन्न ३६ औं नोवुकावाहा सितोरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल देउराली डोजोका खेलाडी दिया तामाङ,अमिर राना र नेली जोशीलाई पनि सम्मान गरिएको छ । नीलो ब्ल्याक बेल्ट परीक्षामा पनि उत्र्तिण हुन सफल भएकी थिइन् । कार्यक्रममा एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी अक्कल बोहोरा (हाल स्पेन निवासी) ले देउराली डोजोलाई आर्थिक सहयोग समेत गरेका छन् । देउराली डोजोका अध्यक्ष राजेश जोशी, समाजसेवी जितेन्द्रमान गुरुङलगायतले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु