दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाइम्स र आर्मी क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २८ गते, बिहीबार ७:०७

टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बूढानीलकण्ठलाई ८१–७१ ले पराजित ग¥यो । टाइम्सको जितमा मनीष केसीले २३ अंक योगदान गरे । अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५–४० ले सहजै हरायो ।

समूह चरणको अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले । बलर्सले गोब्लिन्समाथि ७६–७३ को कठिन जित रच्यो । बलर्सका साहिल गुरुङले २० स्कोर गरे । ओभ्सले आयोजक नखिपोट ‘बी’ लाई ७८–६० ले पाखा लगायो । विजेताका सिमोन गुरुङले २९ अंक जोडे ।

बिहीबारदेखि महिलाको प्रतिस्पर्धा पनि सुरु हुनेछ । यु–२३ उमेरसमूहको प्रतिस्पर्धामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु