दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय मिक्स रिले अर्को साता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ५ गते, बिहीबार ५:२४

एथलेटिक्स परिवार, नेपालको आयोजनामा राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिता पुस १४ गते हुने भएको छ । कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा हुन लागेको प्रतियोगितामा मिक्स रिलेसहित ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
दस किलोमिटरको मिक्स रिले, पुरुष÷महिला खुला ५ किलोमिटर दौड, भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौड, भेट्रान पुरुष ४१ देखि ५० वर्षसम्म र ५१ वर्षभन्दा माथि उमेरसमूहमा दौड हुने छ । आयोजकका अनुसार दौडमा करिब ४ सय खेलाडीको सहभागिता रहने छ ।
नेपालमा पहिलो पटक सडकमा मिक्स रिले हुन लागेको अध्यक्ष खत्रीले बताए । एक टिममा समान दुई–दुई पुरुष÷महिला खेलाडी हुने छन् । प्रत्येकले २ किलोमिटर ५ सय मिटर दौड्नु पर्ने हुन्छ । सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ दशरथ रंगशालामै आएर टुंगिने छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । नगद पुरस्कार पनि राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु