दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रिक्वाटरफाइनल पुग्ने टोलीको टुंगो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ६ गते, शुक्रबार १९:१४

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा प्रिक्वाटरफाइनल पुग्ने १६ टिमको शुक्रबार टुंगो लागेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आईएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सीसीआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब, समृद्धि स्कुल, ट्रिनिटी कलेज, रोयल बास्केटबल एकेडेमी, स्नोल्यान्ड बास्केटबल एकेडेमी, ह्वाइटहाउस कलेज, योद्धा बास्केटबल क्लब, टाइमआउट नेपाल र भ्याली पब्लिकले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा आईएस नेपाल र बूढानीलकण्ठले जित हात पारे । राउन्ड रोविन लिगमा आईएसए नेपालले गोल्डेन गेटलाई ५४–२४ तथा बूढानीलकण्ठले भ्याली पब्लिकलाई ४५–१९ ले पराजित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु