दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोल्डेन गेट र बूढानीलकण्ठ क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ८ गते, आईतवार ५:१४

गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५–६७ ले पराजित ग¥यो । गोल्डेन गेटका उर्गेनले २० अंक जोडे । बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले हरायो । बूढानीलकण्ठका प्रसोन मल्ल ठकुरीले १९ स्कोर गरे ।
पुरुषकै अन्य प्रतिस्पर्धामा टाइम्सले समृद्धिलाई ९०–४९, आईएसए नेपालले ट्रिनिटीलाई ७६–४७, स्नोल्यान्डले एन्जल्स हार्टलाई ८२–७१, ग्रिनफिल्डले ह्वाइटहाउसलाई ८६–७३ र सीसीआरसीले टाइमआउट नेपाललाई ८५–६७ ले पाखा लगाए । टाइम्सका अधुले १८, आईएसएका विवेकले ४०, स्नोल्यान्डका समुन्नत गुरुङले २४, ग्रिनफिल्डका सशांक कार्कीले २९ र सीसीआरसीका प्रनिश तिमल्सिनाले २६ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु