तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन् : केसी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ११ गते, बुधबार ६:२६

काठमाडौं, १० पुष । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मुलुकमा विद्यमान बेथिति र विकृतिबारे भण्डाफोर गरेका छन् । उनले जताततै बेथिति र राजनीतिमा पनि नातावाद र कृपावाद हाबी भएको टिप्पणी गरे ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहोस भनेर आफू सुरुदेखि नै लागिपरेको बताए । उनले भने,‘विश्वविद्यालयपनि चार वटा बनाऔं । १७ वटा बाट घटाऔं । दूतावास र नियोग पनि अहिले ४० वटा छन् । ती अत्यन्तै खर्चिलो छन् । ती पनि घटाएर २० मा ल्याऔं । संघीयता महँगो भयो भन्ने कुरा आएको छ । अहिले एक खर्ब ७१ अर्ब त तलबमात्रै जाँदो रहेछ।’

केसीले विभिन्न काण्ड र ती काण्डमा दलहरुको कसरी आवद्धता छ भन्नेबारे पनि प्रकाश पारेका थिए। उनले भने,‘अहिले विभिन्न काण्ड आएका छन् । तीमध्ये रक्तचन्दन, सुनमा माओवादी हुँदो रहेछ । मानव बेचविखन, साधारण ठेक्का पट्टामा कांग्रेस हुँदो रहेछ । गोकर्ण र ओम्नीको नाम आउँदा एमाले हुँदो रहेछ । एनसेलको बास्तविक खेल अब सुरु हुन्छ । यो देशमा गलत दिशाबाट काम हुँदो रहेछ भन्ने कुरा देखिँदैछ । अहिले एमसिसी कहाँ छ ? भित्रभित्र के हुन्छ ? तपाईँ/हामीलाई थाहै छैन् ।’ केसीले नेपालमा लोकतन्त्र ल्याईएपनि यसको असल आचरण नगरिएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रलाई हामीले ल्याऔं मात्रै, आचरण र अभ्यास गरेनौं । यही नै हाम्रो दुर्भाग्य हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु