
१ मंसिर २०७५। शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । सो साधारण सभा तथा छैठौ अधिवशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले दिप प्रज्वलन गरेर गर्नु भयो । त्यसै गरी संस्थाका निर्वतमान महासचिव महेश्वर घिमिरेले संस्थाले विगतमा दिनमा जस्तै अहिले पनि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि आय–आर्जनका कार्यक्रमलाई निरन्तरता दिदै आएकोमा खुशी व्यक्त गर्नु भयो ।

सोही क्रममा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारीले सबैको सल्लाह सुझाव अनुसार संस्थागत रुपमा काम गर्ने बताउनु भयो । सो संस्थाको साधारण सभा तथा अधिवेशनका अवसरमा कार्यक्रमका विशेष अतिथि एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले यो संस्थाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार दिलाउनको लागि संस्थाले काम गर्द सकोस् भन्ने शुभकामनाका व्यक्त गर्नु भयो । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सासंद प्रकाश पन्तले संस्थाका कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यसै गरी सो संस्थाको साधारण सभा तथा छैठौ अधिवेशनका अवसरमा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्बिका खड्काले प्रस्तुत गर्नु भएको थियो । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं साधारण सभा तथा छैठौ अधिवेशनले आगामी ३ वर्षको लागि तारावदन सेडाईको अध्यक्षतामा ७ जना नयाँ कार्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा कृष्ण प्रसाद नेपाल, महासचिवमा जगदिश प्रसाद अधिकारी, सचिवमा जानकी श्रेष्ठ, र कोषाध्यक्षमा अम्बिका खड्का चयन हुनु भएको छ भने सदस्यहरुमा शुशीला ढकाल र प्रलाद श्रेष्ठ चयन हुनु भएको छ ।


