तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ११ गते, बुधबार १५:०४

काठमाण्डौ, पौष १० । साउथ एसिया नेटवर्क टि भी (एस् ए टि भी ) ले आयोजना गरेको दोस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनलाई नेपालस्थित चिनियाँ दूतावासले निर्देशन गरेको थियो भने नेपाल चाइनिज इन्टरप्राइज एशोसियसन र नेपाल ओभरसिज चाइनिज एसोसिएसनले संयुक्त रुपमा सहायोजना गरेको हो।

बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव र नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंको लाजिम्पाटस्थित होटेल मल्लमा कार्यक्रमको आयोजना गरिएको थियो। सम्मेलनमा सहभागी मिडिया तथा पत्रकारहरुलाई पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गर्दै त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने र दुई देशका मिडियाबीचको आदन प्रदानलाई अझै प्रगाड बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको,आयोजक एस् ए टि भीले जनाएको छ।

कार्यक्रममा नेपालको पर्यटन क्षेत्र, सांस्कृतिक क्षेत्र, पूर्वाधार विकास र बदलिँदो जनसम्बन्धमा एस् ए टि भी लगायत अन्य चिनीयाँ सञ्चारमाध्यमले निर्वाहा गरेको उल्लेखनीय भूमिकाबारे प्रकाश पारिएको थियो । साथै सम्मेलनमा दुवै देशको समृद्ध भविष्यकोलागि भावी योजनाहरु समेत छलफल गरिएको थियो।

सम्मेलनले मिडिया एकीकरण, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयमा गहिरो छलफल सञ्चालन गर्दै दक्षिण एसियाली मिडिया विकासको उज्ज्वल भविष्यको लागि दुवै देशका सञ्चार माध्यमलाई संयुक्त प्रयास गर्न नवीन मंच प्रधान गरेको छ।

नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री, रेखा शर्माको प्रमुख आतिथ्यमा समापन भएको सम्मेलनमा चिनियाँ दूताबासका राजनीतिक कन्सुलर वाङ सिन्, सम्माननीय प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको विशिष्ट उपस्थिति रहेको थियो।

दुई देशका मिडियाबीचको सहकार्यलाई सकारात्मक जोड दिँदै जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु पर्ने सरकारको बुझाइ रहेको छ। ” मिडियामा आउने आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्नसक्छ ” शर्माले बताउनु भयो।

त्यसैगरी शिखर सम्मेलनमा सिन्ह्वा समाचार एजेन्सी,चाइना सेन्ट्रल रेडियो र टेलिभिजन स्टेशन लगायत नेपालका ४२ चिनियाँ संघसंस्था सहभागी थिए भने नेपाल राष्ट्रिय समाचार समिती, नेपाल टेलिभिजन र जनआस्था जस्ता ३३ नेपाली मूलधारका मिडियाहरूको सहभागिता रहेको थियो। विभिन्न मिडियाका प्रतिनिधित्व गर्दै सम्मेलनमा उपस्थित भएका पत्रकारहरुले सञ्चार निर्माण र प्रभावकारितामा विशेष वार्तालाप गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु