तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गणेश हिमाल प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १२ गते, बिहीबार १८:३६

गणेश हिमाल सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चावहिल गणेशथान मैदानमा गणेश हिमालले श्रमशीललाई २–० गोलले पराजित ग¥यो । गणेश हिमालका दिप्लव र रोशनले समान १–१ गोल गरे ।
उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायक, प्रारम्भ र बृहस्पति विद्या सदन पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
विनायकले ज्ञानचक्षुलाई १–० गोलले हरायो । जेसाङ बम्जनले निर्णायक गोल गरे । प्रारम्भले ऋत एकेडेमीलाई ३–२ गोलले पाखा लगायो । प्रारम्भका रुपेश खड्काले २ तथा नितेश राउतले १ गोल गरे । ऋतका प्रतीकले २ गोल फर्काए ।
बृहस्पतिले मनकामनामाथि १–० को कठिन जित दर्ता ग¥यो । विजयी टिमका लागि दिपन श्रेष्ठले १ गोल गरे । लुम्बिनी पनि प्रिक्वाटरफाइनलमा पुग्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु