दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेचीमा दुःख पर्दा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १४ गते, शनिबार १८:४१

गोबिन्द राज ओझा

मेचीमा दुःख पर्दा काली बाट हेर्नुपर्छ
स्वाधीन देशको कथा सबैले सम्झनुपर्छ
सारा देशवासीको मनमनमा बस्नुपर्छ
हामीले यो देशलाई सपार्नु छ

मनमा दियो बालेर उज्यालो बनाउनु छ
सगरमाथा शिर हो देशको सबैलाई चिनाउनु छ
हृदयमा प्रेमको भावनाले सजाउनु छ
देश र जनतालाई सङ्कटबाट बचाउनु छ

खोलेर मनको चाहना बताउनु छ
स्वाधीनता गौरवको उचाइ जनजनमा फैलाउनु छ
देशको समृद्धिको र देशवासीको सुखको कामना गर्नु छ
खुसी हुँदा मनबाट धेरै कुरा बताउनु छ

मेचीमा दुःख पर्दा काली बाट हेर्नुपर्छ
स्वाधीन देशको कथा सबैले सम्झनुपर्छ
सारा देशवासीको मनमनमा बस्नुपर्छ
हामीले यो देशलाई सपार्नु छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु