दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १९ गते, बिहीबार १७:३०

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

जसअनुसार कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्‍गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त भएका थिए ।

तर, न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उनीहरु उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका हुन् । यस्तै बागमती प्रदेशको निर्वाचन अधिकृत तोकिएका महेन्द्र बहादुर कार्कीले पनि स्वास्थ्य समस्याका कारण देखाउँदै निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको निवेदन पेश गरेपछि त्यहाँपनि नयाँ निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएकोउनले बिहीबार जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्था नियुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु