
गोबिन्द राज ओझा
तिमि सँग धेरै पहिले चिनाजानी भएको थियो
किन मलाई भेटौँ भेटौँ लागिरहेको थियो
मनमा शीतलता ल्याउन कोसिस गरेको छौ
मायाले मनमा न्यानोपन ल्याउन खोजेका छौ
तिम्रो बारेमा लेखेको गीत गाउन खोजेको छु
मनमा मायाले उज्यालो ल्याउन खोजेको छु
तिम्रो रूप मेरो मन भित्र खोजिरहे
मायाले मन छुने गरी भन्न खोजिरहे
तिम्रो बारेमा जान्न खोजेको छु
त्यो मोहनी रूपलाई चिन्न खोजेको छु
तिमि सँग धेरै पहिले चिनाजानी भएको थियो
किन मलाई भेटौँ भेटौँ लागिरहेको थियो


