दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २४ गते, मंगलवार ८:२५

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्य सल्लाहकार समिति चयन गरेको छ ।

एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो ।

एनआरएनएको सल्लाहकारमा महेश श्रेष्ठ जापान,नरेन्द्र भाट कतार, नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,सुरेन्द्र नेपाल श्रेष्ठ युके,शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका,आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा,डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी,रोशन केसी जापान,सुवास जोशी बेल्जियम,मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम,चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।

यस्तै बैठकले रित्त रहेको क्षेत्रीय संयोजक पदमा नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजक,विशाल पोखरेल, महिला सहसहसंयोजक मनिषा अर्याल ,अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय संयोजकमा सरिता भट्ट पाण्डेलाई चयन गरेको छ ।

यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट,न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले विश्वभरका गैरआवासीय अभियन्तालाई समेटेर सल्लाहकार चयन गरेको जानकारी दिए । अर्को बैठकमा आइसीसी सदस्य चयन गरिने र विज्ञ सहितको उच्च स्तरिय समिति गठन हुने जानकारी शर्माले दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु