
काठमाडौं ।नेपाली रैथाने परिकारका अभियान्ता भनेर चिनिएका प्रेम लाल घिसिङ्ग पछिल्लो समय आफै स्वास्थ्य सन्कटमा परेका कारण अस्पतालको बेडमा थलिनु भएको छ । एक दशकदेखि नेपाली खानाको खोज तथा अनुसन्धानमा लागि परेका घिसिङ्ग चौरासी ब्यञन थालीका सोधकर्ता पनि हुन। चौरासी ब्यञन आयुर्बेदको मानक ग्रन्थ चरक संहितामा आधारित छ । ऋषि चरकले यसमा भोजनका नियमबारे निर्देशीत गरेका छन। प्रेमलाल घिसिङ्गले यो ब्यञनलाइ आधुनिक तबरबाट कसरि पस्क्ने र आजका युबापुस्तालाइ चिनाउने बिषयमा धेरै नै प्रयोग र डेमो( प्रदशन) गरि सकेका ब्यक्ति हुन ।
पछिल्लो समय उनलाइ आन्द्राको क्यान्सरका कारण पुर्ण रुपमा थलिएर अस्पतालको बेडमा ढलेका छन। नेपाली खानाका अभियान्तालाइ बचाउनु पर्छ भन्ने अभियानका साथ संसारभरका नेपालीहरुले साथ र सहयोग जुटाउन थालेका छन। लामो समय अस्पतालमा बस्नु परेका कारण उनलाइ आर्थिक रुपमा ठुलो संकट आइपरेको छ ।
सरकारी तबरमा उनलाइ कुनै ठुलो आर्थिक सहयोग नमिलेका कारण उनको स्वास्थ्य उपचारमा समस्या दिनानुदिन बढ्दै गएको एक भेटमा बताए। जब कि उनी कुनै समय नेपालको राष्ट्रपति र उप राष्ट्रपतिलाइ बोलाएर प्रमुख अतिथीमा राखेर नेपाली रैथाने खानाको प्रचार प्रसार र सभासमारोग गरि हिडेका हुन्थे। नेपाली खानाको खोज अनुसन्धान र प्रचार प्रसारम दशक बिताएका घिसिङ्ग अहिले आफै थलामा पर्दा धेरैको मन रोएको छ।
आफुलाइ राम्रो भए बाकी जीबन यही नेपाली रैथाने खानाको उथ्थान र अन्तरराष्ट्रिय स्तरमा चिनाउने काममा आफ्नो बाकी जीबन समर्पित गर्ने उनको सपना छ। मैले गर्न धेरै बाकी छ मात्र म तग्रीनु पर्यो उनले मनिलो स्वरमा अस्पतालको बेडबाट भेटमा बताए। युबा उमेरमै यस्तो डरलाग्दो र खर्चीलो रोग लागे पश्चात निकै निराश देखिएका छन। रोगले जति नै थलाए पनि उनको मन मस्तिष्कमा भने उनै नेपाली रैथाने खाना र गाउले जन जीबन घुमि रहेको हुन्छ ।
नेपाली रैथाने परिकारको सन्कलन तथा खोज अनुसन्धानका लागि उनले नेपालको मेची महाकाली यात्रा गरेर रैथाने परिकारको सुचीलाइ पुस्तकमा प्रकाशन सम्म गर्न सकेका छैनन। भन्छन मलाइ स्वास्थ्य लाभ हुनासाथ मेरो पहिलो प्राथमिकतामा पर्ने काम यहि हुने छ। मात्र म ठिक हुनु पर्यो मैले थाति राखेका काम अन्तिम चरणमा थिए एक्कासी मेरो अबस्था यस्तो भयो ।


