साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

इन्टेग्रीटी आइडल नेपाल २०१८ का उत्कृट पाँचको नाम सार्वजनिक सर्वेत्कृष्टका लागि भोटिङ खुला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ४ गते, मंगलवार २१:२०

इन्टेग्रीटी आइडल को पाँचौ संस्करण इन्ट्याग्रीटी आइडल नेपाल २०१८ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरकार्यपालिकाको कार्यालय, टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार,काठमाण्डौका उपसचिव महेन्द्र प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अ.न.मी. सिता कुमारी शर्मा रहेका छन् ।

मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुतपूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा, अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र नेपाल सरकारका पूर्र्व सचिव जीवनप्रभा लामा रहनु भएको थियो ।

यस वर्ष इन्टेग्रिटी आइडल २०१८ का लागि १ जनवरी २०१८ बाट चार महिनाकालागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७२ जिल्लाबाट १ हजार ६२ वटा मनोनयन प्राप्त भएका थिए । अनलाईन्, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्टेग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गर्नुभएको थियो ।

अन्तिम पाँच मध्ये एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मतका आधारमा निर्णायक समितिको इन्टेग्रीटी आइडल २०१८ को छनोट गर्नेछन् । एसएमएस र वेवसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । अरुण काफ्लेका लागि भोटिङ कोड १, ध्रुवराज आचार्यका लागि २, महेन्द्र प्रसाद पौड्यालका लागि ३, राम बहादुर कुरुङबाङ्गका लागि ४ र सिता कुमारी शर्माका लागि ५ निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर क्ष्क्ष्ल् टाइप गरी एक स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ http://www.integrityidol.org/countries/nepal/  मा गएर पनि गर्न सकिने छ । भोट गर्ने अवधि मंसिर ४ गते मंगलबार साँझ ६ः३० बजे ब्एज्ञ टेलिभिजनमा कार्यत्रम प्रशारण भएदेखी देखि सुरु भएर मंसिर १७ गते सोमबार राति १२ बजे सम्म खुल्ला रहने छ ।

अहिले देशमा राजनितिक, सामाजिक र संरचनागत परिवर्तन भईरहेको छ । जुन सकारात्मक हो । तर, यथार्थमा हामी आशा गरे अनुसार सफल हुन सकिरहेका छैनौ । यसको प्रमुख कारण भनेकै आचरण, निष्ठा र जवाफदेहिताको खडेरी हो । परिवर्तनलाई दिगो र परिणममुखी बनाउन त्यस संरचनामा काम गर्ने व्यक्तिको महत्वपुर्ण भुमिका रहन्छ । तसर्थ ईन्टेग्रीटी आईडलको माध्यमबाट त्यही संरचना भित्र रहेका निष्ठावान व्यक्तिको खोज गरी उनिहरूले अंवलम्बन गरेका सामाजिक र मानविय मुल्य र मान्यतालाई संस्थागत गर्न सकिन्छ र यो दिगो परविर्तनको मानक बन्न सक्छ भन्ने विश्वास अनि उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु