दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘उपहार’को चार फरक पोस्टर रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २ गते, मंगलवार ७:०४

काठमाडौ ।रेखा थापाको चलचित्र ‘उपहार’को चार फरक पोस्टर रिलिज भएको छ । फिल्मको दुई वटा गीत सार्वजनिक गरेपछि यसको निर्माणपक्षले चार फरक पोस्टर सार्वजनिक गरेको हो ।

माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक भएका पोष्टरमा फिल्मका मुख्य कलाकारहरूलाई फरक–फरक तरिकाले समावेश गरिएको छ । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्कीलाई देखाइएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा प्रस्तुतकर्ताको रुपमा छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माताको रुपमा छन् ।

फिल्मका कार्यकारी निर्माता बलराम शाही हुन् । फिल्ममा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको एक्सन छ ।

फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । फिल्म फागुनको २५ गतेबाट रिलिज हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु