तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बास्केटबलमा लालीगुराँस सेमिफाइनलमा हिमश्मिलाई फुटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार १९:४४

लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१–१४ ले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । लालीगुराँसका सुजन मगरले ८ अंक जोडे ।
डाँडागाउँस्थित हिमरश्मि स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमै पुष्पकुञ्ज, सेब, हिमरश्मि, एन्जल्स हार्ट, न्युटन र प्रगतिले क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ब्वाइजमा १३ तथा गल्र्समा १० टिमको सहभागिता रहेको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् ।
महोत्सवमा विभिन्न ५ खेल फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स समावेश छन् । महोत्सवको औपचारिक उद्घाटन भने आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
ओप्स खेलकुद महोत्सवअन्तर्गत गल्र्स फुटबलको उपाधि हिमरश्मिले जितेको छ । तुसाल फुटबल मैदानमा भएको फाइनलमा हिमरश्मिले कौशललाई १–० गोलले पराजित ग¥यो । हिमरश्मिकी नम्रता गौतमले निर्णायक गोल गरिन् । छात्रा फुटबलमा ८ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु