तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एन्जल्स हार्ट पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ६ गते, शनिबार ३:४६

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूह चरणको आफ्नो दुवै खेलमा पराजित भएको छ । हारसंगै एन्जल्स हार्टको चुनौती समाप्त भएको छ ।
समूह ‘सी’ को लिगमा बुन्दवर्ग वाइल्ड क्याट्सले एन्जल्स हार्टलाई ६–२ ले पराजित ग¥यो । एन्जल्स हार्टका कप्तान अभिनम गौतम र विपिस मल्लले समान १–१ गोल गरे । अर्को खेलमा इस्ट सिटी वुल्भ्सले एन्जल्स हार्टलाई ११–० ले हरायो ।
समूह ‘सी’ मा एन्जल्स हार्टसहित ५ टिम थिए । एन्जस्ल सबै खेलमा पराजित भयो । यसअघि एन्जल्स हार्ट इप्सविच फुटसलसंग ११–४ तथा क्यारिना फुटसलसंग ९–१ गोलले पछि परेको थियो ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा जारी प्रतियोगितामा एन्जल्स हार्ट जम्मा ७ गोल गर्न सफल भयो । टोलीका लागि अभिनम गौतमले ह्याट्रिकसहित ५ गोल गरे भने मविन्द्र पुन र विपिस मल्लले समान १–१ गोल गरे । टोली जनवरी २३ तारिखमा स्वदेश फर्किने टिम व्यवस्थापक सुमन तिमल्सिनाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु