तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पाँच खेलको प्रशिक्षण माघ १५ बाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ९ गते, मंगलवार ७:०९

काठमाडौं, माघ ८ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई विगत भन्दा प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गर्ने बताएका छन् ।
सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीसंगको छलफलमा पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसंग तयारी थाल्ने बताएका हुन् ।
‘आगामी एसियाली खेलकुदका लागि पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्छौ । यसो भनिरहँदा अरु खेललाई नजरअन्दाज गर्न पक्कै खोजिएको होइन । बाँकीको पनि क्रमैसंग तयारी थाल्ने छौं ।’ सदस्य–सचिव घिसिङले भने– ‘विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी छ । तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यानोचित होइन । २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ तयारी अगाडि बढाउने योजनमा छौं ।’
सो अवसरमा कक्षा ४ देखि विद्यालयमा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्नु पर्ने, प्रतियोगिताका समयमा खेलाडीको परीक्षा जुध्दा वैकल्पिक उपायको खोजीका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रतियोगिता सञ्चालन गर्दा विमा अनिवार्य गर्नु पर्ने, राष्ट्रिय खेल संघले सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गर्ने विभिन्न गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु