तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुवास र युनिशालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ ९ गते, मंगलवार ७:१५

लालीगुराँस नेसनल एकेडेमीका सुवास रावत र हिमरश्मिकी युनिशा पाठकले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । सुवास ब्वाइज तथा युनिशा गल्र्समा पहिलो भएका हुन् ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा सुवासले निर्धारित दूरी १ मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे । कौशलका आशिष रावलले रजत तथा ज्ञान मन्दिरका सद्रिस सिम्खडाले कांस्य जिते । युनिशाले १ मिनेट १६.०९ सेकेन्ड समय निकालिन् । श्रृजना ज्ञान सागरकी रुस्मा अम्गाईंले रजत तथा विभूतिकी वर्षा श्रेष्ठले कांस्य हात पारे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडको ब्वाइजमा लालीगुराँसका सुदिप पाण्डे २६.०६ सेकेन्ड समयसाथ पहिलो भए । हिमरश्मिका नवीन महत दोश्रो तथा फेरिल्यान्ड मदन गडाइली तेश्रो बने । सो स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन् । ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिन् । कौशलकी सुजश्री विष्ट दोश्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेश्रो स्थानमा रहे ।
ब्वाइजको त्रिजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए । उनले ११.१७ मिटर जम्प गरे । श्रृजना ज्ञान सागरका रविन तामाङ दोश्रो तथा एन्जल्स हार्टका हिमसागर पुन तेश्रो बने । उक्त स्पर्धाको गल्र्समा ७.६४ मिटर जम्प गरेकी श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटा शीर्ष स्थानमा रहिन् । हिमरश्मिकी सुनिशा मिश्र दोश्रो तथा ज्ञान मन्दिरकी अनु बराम तेश्रो भए ।
ज्याभ्लिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका ज्ञान मन्दिरका यारिश मगर पहिलो बने । उनले ३६.६० मिटर थ्रो गरे । फेरिल्यान्डका उत्सव गुरुङ दोश्रो र सेबका अर्जुन राना मगर तेश्रो भए । सो स्पर्धाको गल्र्समा हिमरश्मिकी निग्सिका ओझा पहिलो भइन् । नसिकाले १३.२० मिटर टाढा फालिन् । कौशलकी आस्मा गुरुङ दोश्रो र न्युटनकी एन्जल तेश्रो भए । ४ गुणा १ मिटर रिलेको गल्र्समा हिमरश्मि पहिलो, लालीगुराँस दोश्रो र फेरिल्यान्ड तेश्रो बने । उक्त स्पर्धाको ब्वाइजमा लालीगुराँस, हिमरश्मि र कौशल क्रमशः शीर्ष तीन स्थानमा रहे । योसंगै एथलेटिक्स खेल सम्पन्न भएको छ ।
फुटबल ः ज्ञान मन्दिर सेमिफाइनलमा
ज्ञान मन्दिर सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ज्ञान मन्दिरले हिमरश्मिलाई ३–० गोलले पराजित ग¥यो । ज्ञान मन्दिरका सुशान्त थापा मगर र विकास गुरुङले समान १–१ गोल गरे । एक गोल आत्माघाती रह्यो ।
त्यस्तै एन्जल्स हार्ट, सेब र कौशल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । एन्जल्स हार्टले पुष्पकुञ्जलाई १–० गोलले हरायो । कौशल पाण्डेले निर्णायक गोल गरे ।
सेबले प्रगतिको यात्रा २–१ ले पूर्णविराम लगायो । सेबका विप्लव गुरुङ र सुमित वज्राचार्यले समान १–१ गोल गरे । प्रगतिका विशान्त पुटुवारले १ गोल फर्काए । कौशलले न्यु एरालाई टाइब्रेकरमा ३–१ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु