दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियाडका लागि विशेष प्रशिक्षण आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार ६:५९

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नियमित राष्ट्रिय टिम तयारीको प्रशिक्षण र व्यापक अन्तर्राष्ट्रिय सहभागितालाई उच्च प्राथमिकता दिएर पहिलो चरणमा ५ खेलको तयारी प्रशिक्षण थालिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सदस्य–सचिव घिसिङले विगतको समग्र नतिजा र उपलब्धीलाई मध्यनजर गरी पहिलो चरणमा तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडोको तयारी प्रशिक्षण सुरु गर्न लागिएको बताउँदै क्रमैसंग अन्य खेलको पनि तयारी थाल्ने बताए । उनले पाँचौं एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण, डोपिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि हुने जानकारी गराए ।
विशेष प्रशिक्षणमा रहेका ५ खेलमा २९ पुरुष र २१ महिला खेलाडी रहेका छन् । प्रत्येक खेलका लागि समान २–२ गरी १० प्रशिक्षक खटिने छन् । कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको छोटो समयमा अगामी संस्करणका लागि राखेपले तयारी थालेको यो पहिलोपटक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु