दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडिअन्ट र एक्सेल्सियरको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ १७ गते, बुधबार ७:०३

रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।
रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०–१० ले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको ५ अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११–९ ले हरायो । गल्र्समै स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई १४–३ ले पाखा लगायो । स्वर्णिमकी नसाना श्रेष्ठले ५ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६–३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६–१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१–१० ले पन्छाए । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले ५ र पुष्पसदनका मनीष गुरुङले ११ अंक जोडे ।
ब्वाइज फुटसल ः
ब्वाइज फुटसलको यु–१२ मा राई स्कुलले ल्यान्डमार्कलाई २–०, बृहस्पति विद्या सदनले ल्यान्डमार्कलाई २–० र राई स्कुललाई १–०, न्यु जेनिथले जोन डेवीलाई १–० तथा रेडिअन्ट पब्लिकले एक्सेल्सियर ‘नीलो’ लाई १–० गोलले पराजित गरे ।
यु–१३ मा न्यु एराले ल्यान्डमार्कलाई ३–०, स्वस्तिश्री गुरुकुलले राई स्कुललाई २–१, बोधीसत्वले ल्यान्डमार्कलाई १–०, बृहस्पतिले जोन डेवीलाई २–०, सेक्रेड हार्टले स्वस्तिश्रीलाई २–१ र रेडिअन्ड पब्लिकले सेक्रेड हार्टलाई ३–२ गोलले हराए । फेरिल्यान्ड र बृहस्पतिले २–२ तथा न्यु एरा र निर्भाना एकेडेमीले १–१ गोलको बराबरी खेले । यु–१६ मा ग्रिनफिल्डले सेक्रेड हार्टमाथि ३–२ को जित दर्ता ग¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु