दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोशन प्रताप नेपाली चलचित्रमा डेब्यु गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २० गते, शनिबार १९:२८

काठमाडौँमा जन्मिएर २ बर्षको उमेर देखि आफ्नो पुरा परिवार सहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणा अमेरिका लगायत अन्य देशहरुमा अन्तराष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउंदै आएका मोडल हुन्। बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्स भएका रोशन अमेरिकामा आफ्नै ब्यापार व्यवसाय समेत गर्दै आएका उनि नेपाल र नेपालीलाइ औधी माया गर्नेमा एनआरएनए पर्छन। आफ्नो देश प्रतिको माया र लगाबले गर्दा उनले केहि समय अघि देखि नेपालमा समेत व्यवसाय गर्दै देश प्रतिको कर्तब्य निर्बाह गर्दै आएका छन्। नेपाल र अमेरिका अहोर दोहोर गरिरहने रोशनको मन भने सधै नेपालमा रहन्छ। उनि नेपालमा नै रमाउछन।

आफ्नो कला संस्कृति भाषा र मौलिक पहिचानलाइ औधी माया गर्ने रोशन नेपाली चलचित्र क्षेत्र आफ्नै निर्माण रहने चलचित्र मार्फत आउन लागेका छन्। नेपाली कला संस्कृति मौलिकतालाइ विश्व माझ पुर्याउने उदेश्यले निर्माण हुन लागेको चलचित्र नेपाल लगायत अमेरिका र अन्य देशमा समेत छायांकन गरिने उनले जनाए। चलचित्रमा नयाँ पुराना कलाकारहरुलाई समाबेस गरिने छ भने बिदेशी कलाकारहरुलाइ समेत चलचित्रमा अनुबन्ध गरिने छ। समाजसेवामा समेत रुचि राख्ने राणाले जाजरकोट भुकम्प पिडितलाइ ५ लाख सहयोग प्रदान गरेका थिए भने विभिन्न आश्रममा सहयोग समेत गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु