दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेसपा केन्द्रीय समितिका निर्णयहरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार ४:४०

काठमाडौँ– डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीनिम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

यही माघ २० गते काठमाडौँमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएको छ। उक्त एजेन्डा वर्षौंदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले उठाउँदै आएका छन्।

त्यसैगरी बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको छ।

बैठकले शान्ति प्रक्रियाको बाँकी कामलाई तत्काल पूर्णता दिनुपर्ने, कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानका आधारमा नामांकन गर्नुपर्नेलगायत ८ बुँदे प्रस्ताव पारित गरेछ।

त्यसैगरी गरी नेसपाले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा नियोजित रूपमा प्रकाउ गरेको भन्दै रिहाइको माग गरेको छ।
नेसपाले जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र समाधान गर्नु पर्ने र त्यसैका निम्ति आयोग बनाइएको बताएको छ।

त्यसैगरी बैठकमा विधान संशोधनलगायत विषयमा सहमति भएको छ। नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ। नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सभ्भावना नरहेको पनि नेसपाले जनाएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र नेसपाले बोकेको समाजवादी एजेन्डाले मात्र मुलुकलाई तीव्र गतिमा समृद्धिको बाटोमा लैजान सक्ने पनि नेसपा बैठकमा छलफल भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु