बलिउडको चर्चित नायिका प्रियंका चोपडा र उनका आमा डा. मधु चोपडाले निर्माण गरेको फिल्म पाहुनाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायिका प्रियंकाले आमासँग मिलेर यो फिल्म निर्माण गरेकी हुन् । फिल्मको पुरा नाम ‘पाहुना स् द लिटिल भिजिटर’ हो ।
डिसेम्बर ७ मा रिलिज हुने फिल्मको ट्रेलरमा एक युद्ध पछि आफ्नो आमाले अरुसँग छोडेपछि बालबालिकाको जीवनमा भएको संघर्षलाई देखाउन खोजिएको छ । पाहुनाले जर्मन र फ्रान्समा भएको फिल्म फेस्टिभलमा सहभागी भएर दुई अवार्ड हात पारिसकेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक पाखी ए टेरेबा निर्देशन गरेका हुन् ।