तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार ६:१२

काठमाडौं, फागुन १ गते ।जापान भ्रमण कार्यक्रमका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जापान स्पोर्ट्स काउन्सिल (जेएससी), हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरअन्तर्गत जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायोमेकानिक्स, एक्सरसाइज फिजियोलोजी, फिजिकल फिटनेस, स्पोर्ट्स मेडिसिन एन्ड रिहाबिलिटेसन, स्पोर्ट्स न्युट्रिसन र स्पोर्ट्स साइन्स ल्याबका प्रतिनिधिसंग भेट गरी खेलकुदमा उच्च प्रर्दशनीका लागि कसरी वैज्ञानिक ढंगले अनुसन्धनात्मक कार्य तथा आधुनिक प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय नतिजा हासिल गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म भएको अध्ययन भ्रमण कार्यक्रम दौरान सदस्य–सचिव घिसिङले एसोसिएसन अफ स्पोर्ट्स इन्स्टिच्यूतका प्रमुख डा. ताकाहिरो वाकुसंग भएको छलफलमा राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) एसोसिएसन अफ इन्स्टिच्यूत अफ स्पोर्ट्स इन एसियाअन्तर्गत हाल २१ विभिन्न राष्ट्रहरु रहेको र सान पनि उक्त संस्थाको सदस्य भएको हुनाले एसिया नेटवर्क प्लेटफर्मबाट नेपालमा खेलकुदको विकासका निम्ति जापान स्पोर्ट्स काउन्सिल मात्र नभई एसियाका अन्य राष्ट्रहरुको पनि सहकार्य तथा सहयोगको सम्भावना भएकोले यसका लागि पहल गर्न सकिने विषयमा छलफल भएको थियो । भ्रमणका अवसरमा विशेष गरि जापानको खेलकुद संरचनाको बारेमा जानकारी आदान–प्रदान हुनुका साथै नेसनल ट्रेनिङ सेन्टरको पनि अवलोकन गरिएको थियो । जापानको विशेष निकाय हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरसंग आबद्ध जापान स्पोर्ट्स साइन्स इन्स्टिच्यूतलगायत विभिन्न निकायका प्रतिनिधिसंग नेपालको खेलकुदको हितका सन्दर्भमा विशेष छलफल भएको थियो । सदस्य–सचिव घिसिङले नेपालमा खेलकुद विज्ञानको विकासका निम्ति जापानबाट आवश्यक साथ र सहयोगका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।
स्पोर्ट्स फर टुमारो (एसएफटी) को प्रतिबद्धतामा आधारित वैदेशिक सहयोग आदान–प्रदान तथा सहयोग कार्यक्रम अन्तर्गत जेएससीले नेपालका लागि खेलकुदको ग्रासरुट डेभ्लोप्मेन्टका लागि राखेप तथा जेएससीको संयुक्त प्रयासमा खेलकुद परियोजना सञ्चालन गर्न सकिने विषयमा पनि छलफल भएको
थियो । विशेष गरी सदस्य–सचिव घिसिङ र जापानको संस्कृति, शिक्षा, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि मारी ताउचियाबीच भएको बैठकमा सदस्य–सचिव घिसिङले जापानले अन्य क्षेत्रमा नेपाललाई उपलब्ध गराउदै आएकोे सहयोगको प्रशंसा गर्दै नेपाली खेलक्षेत्रमा पनि सहयोग र सहकार्य बढाउनु पर्ने प्रस्ताव राख्नु भएको थियो । उक्त प्रस्तावमा ताउचियाले सहमति जनाउँदै आफ्नो ध्यानाकर्षण भएको बताए ।
नेपालमा खेलकुद विकासका लागि अनुसन्धनात्मक कार्य सम्बन्धी ज्ञान आदान–प्रदान तथा सहकार्य गर्ने र खेलकुद अनुसन्धान प्रयोगशालाको स्थापना र सञ्चालनका निम्ति जापानले राखेसंग सहकार्य गर्ने, खेलकुद शैक्षिक कार्यक्रम अन्तर्गत खेलकुद विज्ञान, प्रशिक्षण तथा मानव साधन विकासका निम्ति सहकार्य गर्न खेलकुद विज्ञ, विशेषज्ञ आदान–प्रदान कार्यक्रमहरु सञ्चालनमा सहकार्य गर्न, जेएससीमा एलिट एथलिट्स विशेष गरी कराँते र जुडो खेलमा छोटो अवधिको विशेष प्रशिक्षणको अवसर प्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु