दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“हाँडीगाउँको सेन्ट जर्ज स्कुलमा सरस्वती पूजा “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार ११:५४

फागुन -२, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न भयो ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं समानान्तर समुहका निर्देशक एवं समाजसेवी श्रीकृष्ण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । विद्यालयका प्र.अ. मेघराज बजगाइले कार्यक्रम बारे प्रष्ट पार्दै उपस्थित सबैलाई स्वागत गरि सुरु भएको कार्यक्रम विद्यालयकी शिक्षिका द्वय उर्मिला काफ्ले र बितिशा बुढाथोकीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले सरस्वती पूजाको दिन अत्यन्तै शुभ रहने, , हरेक किसिमका शुभ कार्य यस दिन गरिने, यस दिनबाट वर्षा सुरु हुने, यस दिनलाई वसन्त पन्चमी, श्रीपन्चमी पनि भनिन्छ ।यस दिन बालबालिकालाई अक्षर चिनाउने विशेष दिनको रूपमा लिनेे गरिन्छ र विद्यालयहरुले यस दिनलाई विशेष दिनको रूपमा लिई पूजा कार्यक्रम गर्ने, पुरस्कार वितरण गर्ने र विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने गरिन्छ भन्ने कुरा बताए ।कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण भण्डारीले विद्यालयले यसरी पढाईसंँगै अतिरिक्त क्रियाकलाप पनि संँगै लाँदा विद्यार्थीहरुको चौतर्फी बिकासमा सहयोग पुग्ने र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन सहयोग कुरा बताए ।
कार्यक्रमलाई रोचक बनाउदै अभिभावकहरु बीच चम्चा दौड प्रतियोगिता सन्चालन गर्दै प्रथम ,दोस्रो र तेस्रो हुने अभिभावकहरु क्रमशः शारदा पन्त, इन्दिरा शर्मा बजगाई र प्रनिशा शाही लाई अध्यक्ष प्रल्हाद दाहालले विशेष पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा वार्षिक खेलकुद सप्ताहका बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुले विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रम सरस्वती माताको स्तुतिबाट सुरु भएको थियो भने उपस्थित सबै विद्यार्थी र अभिभावकलाई प्रसाद वितरण गरि समापन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु