दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महर्षि स्कुलमा सरस्वती पुजाका अवसरमा पञ्चेवाजासहित दोहोरी गीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ३ गते, बिहीबार ५:५१

काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुल तथा कलेजमा सरस्वती पुजाका अवसरमा पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगरमा रहेको महर्षि स्कुलले गतवर्ष ईन्द्रेणीको टिम ल्याएर आम मानिसलाई मनोरञ्जन प्रदान गरेकोमा यसवर्ष पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरेको हो ।

लोकदोहोरी तथा वृहद सांस्कृतिक कार्यक्रमको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा चर्चित लोकगायक दिनेश क्षेत्री, राजु केसी, लोकगायिका रेजिना परियार, चर्चित वालगायक सुप्रिम मल्ल ठकुरी र बालगायिका रविना बसेलले दोहोरी प्रस्तुत गर्नुभएको थियो ।

महर्षीले यस बर्षको सरस्वती पुजा विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थीतीमा हर्सोउल्लाहासका साथ विद्या कि देवि सरस्वतीको पुजा गरेर सम्पन्न गरेको थियो ।

महर्षि स्कुलले सरस्वती पुजाको अवसरमा अक्षरारम्भ गर्ने विद्यार्थीहरूलाई बिशेष छुटका साथ भर्ना गराएको विद्यालयका प्रिन्सिपल निर्मल पौडेलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु