तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युएस ओपन तेक्वान्दोमा राजु क्षेत्री निर्णायक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते, शुक्रबार ७:३०

विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले निर्णायकको भूमीका निर्वाह गर्ने भएका छन् ।
अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा हुँदैछ ।
प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडी समेत गरी २ हजार १ सय ४० खेलाडीको सहभागिता रहने बताइएको छ ।
यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किम योङ कप, अमेरिकाको लस भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमीका निर्वाह गरेका थिए ।
एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष समेत रहेका क्षेत्री कोरिया ओपन विश्व वरीयता जी–२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुन् ।
क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएवापत कोरियाली सरकारले सन् २०१३ मा मानार्थ नागरिकताले सम्मान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु