दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छोरी खोज्न वडा कार्यालयमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ८ गते, शनिबार ८:४२

-नरेन्द्र तामाङ थिङ्ग

नुवाकोट कात्तिक ८ ककनी ।साबिक ककनी गा बि स २ हाल ककनी गा पा ३ स्थायी बसोबास गर्दै आएको चेत बहादुर लामा ले छोरी खोजी दिन माग गर्दै ककनि गा पा वडा नम्बर ४ को कार्यालयमा आइपुगेको छ । वर्ष २७ को सुनिता तामाङ साबिक चाउथे गा. बि. स. ३ हाल ककनी गा. पा. ३ मानेखर्क स्थायी निवासी पुर्ण बहादुर लामाको छोरा अशोक लामा संग २०६५ साल तिर आफ्नो राजीखुसीले वैवाहिक जिबनमा गासिएको थियो र हाल निजहरूको २ सन्तान समेत रहेको छ । गएको बर्ष कार्तिक ०९ गते घरबाटै हराइरहेका तामाङ हाल सम्म न घर न माइतीको सम्पर्कमा नभएको कारण निजका बुबा वडा कार्यालयमा आईपुगेका छन । बुबाले घर पक्षको ससुरासंग फोन कुराकानी गर्न खोज्दा धम्की पुर्ण भाषा समेत प्रयोग गरेको कारण छोरीको लास वा सास भए पनि खोजी गरिदिन आग्रहका साथ प्रहरी चौकी ककनिमा लिखित निवेदन पेश समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु