तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गोर्खाली रग्वी र एपीएफको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार ७:२२

आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो ।
पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।दोस्रो खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको खेलमा जित निकाल्दै गोर्खाली र एपीएफले समान दुई अंक जोडेका छन् । लिग चरणमा हुने प्रतियोगिताका शीर्ष टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपीएफ गरि चार टिम सहभागी छन् । दोस्रो चरणको खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित रनिङ ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्वी टिम निर्माण गर्ने नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु