दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कौटिल्यलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार ७:२६

कौटिल्यले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सफलता हात पारेको छ ।
कौटिल्यले प्रीतिमालाई ३–० गोलले पराजित ग¥यो । कौटिल्यका अनिश खड्काले २ तथा सुमन लामाले १ गोल गरे । प्रीतिका श्रीसब डोटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।
काँडाघारीस्थित अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा मिलन धर्मस्थली र युनाइटेड युनिभर्सल विजयी भए ।
मिलन धर्मस्थलीले विद्या आर्जनलाई १–० गोलले हरायो । अर्नव घलेले निर्णायक गोल गरे । विद्या आर्जनका युसन खड्का ‘म्यान अफ द म्याच’ चुनिए । न्यु स्टार पोल विरुद्धको खेलमा युनाइटेड युनिभर्सल २–० गोलले विजयी भयो । विजयी टिमका लागि सफल बुढाथोकीले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । न्यु स्टारका योयल मल्ल ‘म्यान अफ द म्याच’ बने । सोमबार ७ खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु